प्रदेश

प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार



काठमाडौँ, १४ माघ । गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन्। नागरिकता प्रकरणमा दोषी ठहर भएका रवि लामिछानले गृहमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले सो पद सम्हालेका हुन् ।

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ।

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको वैधानिक नागरिकता नभएकाले त्यस आधारमा उम्मेदवारी दिएर चुनाव जितेका उनको सांसद पद खारेज भएको छ।

प्रकाशित : १४ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६