ब्रेकिंग न्युज

भारतमा वायु सेनाका जहाज आपसमा ठोक्किँदा, २ जनाको मृत्यु



काठमाण्डौं, १४ माघ ।
भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किएका छन्। शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ। दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए। घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ।

प्रकाशित : १४ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६