खोज–अनुसन्धान

अभिनेतृ एलिजा गौतम नागरिक उन्मुक्ति प्रबेश : मन्त्री बनाउने सम्मको तयारी




बुटवल १४ माघ कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा आयोजित विशेष कार्यक्रममा गौतम पार्टी प्रवेश गरेकी हुन् । पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले गौतमलाई पार्टीलाई प्रवेश गराएकी हुन् । पार्टी प्रवेश गर्दै नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको गौतमले बताइन् ।
सम्बोधनका क्रममा उनले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको पनि बताइन् । देशका पुराना दलबाट पनि पार्टी प्रवेशका लागि प्रस्ताव आए पनि उन्मुक्तिको उद्देश्यबाट प्रभावित भएकाले उक्त दल रोजेको उनले बताइन् ।उनले पार्टीलाई अरु दलभन्दा फरक रूपमा उभ्याउने प्रतिबद्धता जनाइन् । मन्त्री बनाउने सम्मको तयारीमा रहेकी प्रवेश गरेकी गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

प्रकाशित : १४ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६