रुपन्देही १५ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल दुनियाँमा हुने भन्दै तर बहुमतको सरकार किन गिराउने खेल भयो ? किन सरकारहरु टिक्न सकेनन् ?यसमा भू राजनीतिको प्रभाव छ कि छैन ? जस्ता विषयलाई समेटेर खोज अनुसान्धान हुनु पर्ने वताएका छन् ।पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको बुटवलमा गरिएको बिमर्श कार्यक्रममा वोल्दै मुख्यमन्त्ती गीरीले यस्तो वताएका हुन् ।सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरेकाथिए ।
पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरेपनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गरे । उनले भने, ‘यो पुस्तकलाई गोरेटो मानेर सत्ता केन्द्रीत राजनीतिका कारणहरु खोतलेर अब अर्को कृति प्रकाशन गर्न म आग्रह गर्दछु ।’मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसो हुनुको भित्री कारणहरु पहिल्याउनु जरुरी रहेको औंल्याए ।
उक्त अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा माओवादी केन्द्रकी नेतृ सोनिया यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईलगायतले सत्ता संघर्ष नामक पुस्तकले सत्ता राजनीतिको खेललाई उदाङ्गो पारिदिएको बताए ।कार्यक्रममा पुस्तकका लेखक रामकृष्ण भण्डारीले १० वर्षको मेहनेत लगाएर आफूले पुस्तक प्रकाशन गरेको भन्दै आफूले पत्रकारिताका दौरानमा देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
प्रतिक्रिया