प्रदेश

बुटवलका स्व. पत्रकार कंडेल परिवारलाई एक लाख १० हजार सहयोग



बुटवल १५ माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा परी मृत्यू भएका पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । सत्ता संघर्ष पुस्तकको विमर्श कार्यक्रमका अवसरमा मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गरेका हुन ।
महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । पत्रकार कंडेल ग्लोबल आवाज डटकमका सम्पादक थिए । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा गत मंसिर २ गते उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनले ज्यान गुमाएका थिए ।
यसैगरि शनिबार नै केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६