प्रदेश

दाङमा अटो पल्टिँदा ९ जना घाइते



दाङ १५ माघ । चालकले रक्सी खाएर चलाएको अटो पल्टिँदा दाङको तुलसीपुरमा ९ जना घाइते भएका छन् ।
घाइते हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका ८ निवासी २१ वर्षकी भुमा खड्का, सोही ठाउँ निबासी २७ वर्षका भरत कुमार वली, २५ वर्षका मानव ओली, २२ वर्षकी हरीकला वली खड्का, उहाँकी ८ वर्षकी छोरी आयन्सा खड्का, २५ वर्षकी चित्रकला वली, उहाँको छोरी २ वर्षकी प्रशंसा वली, ५ वर्षका छोरा निरज वली र तुलसीपुर उपमहानगरपालिका–७ निवासी गिरु भण्डारी रहेका छन् ।
गणेशपुर पार्कबाट तुलसीपुर जाँदै गरेको रा १ ह ६१६९ नम्बरको अटो दिउँसो साढे चार बजे पार्क नजिकै अनियन्त्रीत भएर पल्टिएको थियो । क्षेमता भन्दा बढी यात्रु राखेको र मादक पदार्थ सेवन गरेर सार्वजनिक अटो चलाएकाले सार्वजनिक मुद्दा चलाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६