अर्थ-वाणिज्य

१२ जिल्लाको सहभागितामा विपद जोखिम न्यूनिकरण कार्यशाला




माधव बेल्वासे
कपिलवस्तु १५ माघ।कपिलवस्तुको चन्द्रौटामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको तालिम माघ १७ गते सम्म चल्नेछ । सिद्धार्थ ग्रिन रिसोर्टमा आइतबार देखि सुरु भएको तालिममा पछिल्लो समयमा रहेका विपद् जोखिम,लैगिक समानता,अपागंता एवं सामाजिक समावेशीकरण,राज्यको नीति जोखिम व्यवस्थापन समितिको काम कर्तव्य,पूर्व चेतावनी प्रणाली,परिणामको क्षेत्र,लगायतको विषयमा प्रशिक्षण दिइने बताइएको छ ।
महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय र सङ्घीय स्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय, युएनडिपी, युनिसेफ, यूएनवुमनको नेतृत्व, नेपाल रेडक्रस सोसाइटी,भ्ग्भ्ऋज्इ को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी सुपर प्रोजेक्टले द्रुत लेखाजोखा,भूकम्प जोखिम अभिमुखीकरण,विषयगत बैठक,कृतिक घटना अभ्यास, जोखिम न्यूनीकरण सम्बन्धी सञ्चार कर्मीलाई तालिम,विपतको समयमा प्रदेश स्तरीय कार्यक्रमहरूमा निरन्तर काम गर्दै आएको सुपर प्रोजेक्टका सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेले बताउनुभयो ।
विपद् पूर्व तयारी परियोजनाः सहरी विपद् तथा भूकम्पीय पूर्व तयारीको विषयमा समेत सहभागीहरूले अनुभव आदानप्रदान गर्ने बताइएको छ । उद्घाटन सत्र मा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा संरक्षण क्लष्टरका प्रमुख शारदा बस्यालको अध्यक्षता , महिला विकास अधिकृत कमला पोैडेलको स्वागत मन्तव्य रहेको थियो । तालिममा युएन ओमनका प्रतिनिधि समा श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका महाशाखा प्रमुख यम बहादुर कुँवर, नेपालगन्ज उपमहानगर पालिकाका वडा अध्यक्ष समीर प्रताप सिंह , रेडक्रस लगायत १२ जिल्लाका सघसस्थाहरुका प्रतिनिधि तथा प्रमुखहरूको सहभागिता रहेको छ । उक्त कार्यक्रम आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालय अधिकृत माधव मिश्रले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित : १५ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६