हरि घिमिरे
कपिलवस्तु, १५ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाम वडा न. ७ मोतिपुरमा निःशुल्क होटल ब्यबस्थापन तथा वेटर तालीम सन्चालन भएको छ । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु र वडा न. ७ को सहकार्यमा एक हप्ते तालिमको शुभारम्भ गरीएको हो । वडा न.७ भित्रका होटल ब्यबसायी , बिपन्न, अल्पसंख्यक, बेरोजगार युवा/युवती लक्षित तालिम आईतवार देखी सन्चालन गरीएको होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिए ।
तालिमको शुभारम्भ गर्दै बाणगंगा नगरपालिकाका उप मेयर रिता कुमारी थारुले होटल ब्यबस्थापन तथा वेटर तालीम लिने सहभागी हरुले तालिम पछी सिकेका कुराहरु व्यवाहारमा उतार्न आवश्यक रहेको बताईन । उनले तालिम, तालिमका लागि मात्र नभएर ज्ञानको माध्यम भएकाले यसलाई रोजगारमा जोड्न सके मात्र तालिमको औचित्य हुने बताईन । उप मेयर थारुले होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले तालिममा सहभागि हरुलाई रोजगारको व्यवस्था मिलाउन आग्रह गरीन ।
वडाको सभा हलमा सन्चालन भएको तालिममा २० जनाको सहभागीता रहेको छ ।
१५ माघ २०७९, आइतबार








प्रतिक्रिया