खोज–अनुसन्धान

महिलाको हत्या प्रकरण अनुसन्धानमा तालिम प्राप्त कुकुर



गुल्मी १६ माघ ।गुल्मी । गुल्मीमा आइतबार बिहान आफ्नै होटलमा मृत फेला परेकी महिलाको घटना अनुसन्धानका लागि भैरहवाबाट लगिएको तालिमप्राप्त कुकुरबाट काम सुरु भएको छ । गुल्मी मुसिकोट नगरपालिका–७ न्वाराकी ५७ वर्षीया गँगादेवी शेरचन आफ्नै होटलमा मृत अवस्थामा फेला परेकी हुन् ।हात–खुट्टा सेलो टेपले बाँधेर घोप्टो अवस्थमा रहेकको गँगादेवीको मुखमा समेत टेपले बाँधिएको हुन सक्ने प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले आइतबार दिनभरी तालिम प्राप्त कुकुरको पर्खाइमा शवलाई नछोएर नै राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले ग्लोबल आवाजलाई बताए । तालिमप्राप्त कुकुर पुगेपछि शिल गरेर राखिएको घटना स्थलबाट अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । आइतबार साँझदेखि अनुसन्धान अघि बढेको हो । घटना स्थलमा पुगेको कुकुरले गन्ध पच्छ्याउँदै वामिटक्सातर्फ लागेको प्रहरीले जनाएको छ ।
‘ठेकेदार’प्रति स्थानीयको आशंक :
गँगादेवीको हत्यासँग एक अपरिचित ‘ठेकेदार’ भनिएका व्यक्तितर्फ स्थानीयले आशंका गरेका छन् । ती व्यक्तिसँगै अन्य दुई जना मिलेर हत्याको योजना बनाएको आशंका रहेको स्थानीयले प्रहरी समक्ष बताएका छन् ।दरमखोला पारी बाग्लुङ्गको हाँडी खोला बजारमा घर र वारि गुल्मीतर्फ पुलको मुख नजिकै विगत ३० वर्षदेखि होटेल गर्दै आएकी गँगादेवीको हात खुट्टा सेलो टेपले बाधेर मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलको होटल अगाडि सडकमाथि एउटा ठूलै पक्की घर छ, कोखैमा अर्को र होटलभन्दा बायाँ तर्फ बाटोमाथि अर्को टिनले छाएको कच्ची घर छ । होटल अगाडि गुल्मी मुसिकोट नगरपालिकाबाट बाग्लुङ्गको हाँडी खोला हुँदै मध्ये पहाडी लोक मार्ग जोड्ने सडक छ । ब्यस्त सडक भएपनि अधिकांश समय उक्त स्थान एकान्त नै रहने स्थानीयहरु बताउँछन् ।
होटेलको ठिक अगाडि घरमा डेरा गरेकी स्थानीयबासी जोइकला कुमालसँग शनिबार दिउसो मृतक गँगादेवीले केही कुरा गरेकी थिइन् । मृतक गँगादेवीलाई उदृढ गर्दै उनले भनिन्– ‘हिजो दिउँसो ११÷१२ बजेको समयमा आफूलाई ठेकेदार भएको बताउने एक पुरुष आएका थिए । ति पुरुषले होटलमा दुई वटा अण्डा राखेर नास्ता बनाउन लगाई हतार÷हतार त्यहाँबाट आएर निस्किए । ती पुरुषसँगै आएका कामदार भनिने व्यक्तिहरुलाई भने उनले नास्ता खान दिएनन् । ती पुरुषसँग अन्य दुई जना पुरुष पनि थिए । उक्त व्यक्तिहरु सोही दिन साझसम्म त्यही बसेको र भात पकाउन लगाएका थिए ।’ त्यसपछिको घटना बारे आफूलाई जानकारी नभएको स्थानीय जोइकलाले बताइन् । शनिबारको उक्त घटना क्रमलाई समेत आधार मानि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटना स्थलबाट करिव दुई तीन किलो मिटर नजिक गुल्मीतर्फ वामिटक्सार प्रहरी चौकी छ भने बाग्लुङतर्फ खर्बाङ्ग प्रहरी चौकी छ । प्रहरी चौकीबाट नजिकैकै स्थान भए पनि नियमित गस्ति तथा प्रहरी गतिविधि नहुँदा घटना घटेको स्थानीय बिमल भण्डारीले गुनासो गरे ।शनिबार साझ मात्रै मृतक गँगादेवीका दाजु सुनिल शेरचन होटल नजिकै आएर पनि भेट नगरी घरतर्फ लागेका थिए । शनिबारको घटना सुनाउँदे उनका दाजु सुनिलले भने ‘म वामिटक्सार बजार हुँदै बहिनिको होटल अगाडि छुस्स हेरेरमात्र अगाडि घरमा आएका् थिए । बाइकमा थिए । यस्सो रोकेर बहिनीलाई बोलाउ कि भने । चेन गेटमा पर्दा लगाएको थियो । भित्र धेरै मान्छे भएजस्तो गनगन सुने । भैगो भनेर म पसिन, हिँडे । अहिले पछुतो लागेको छ ।’
घटना सुनियोजित भएको र अपराधी धेरै टाढाको हुन नसक्ने दाबी गर्दै उनले यसअघि उक्त स्थानमा यस्तै प्रकृतिमा दुई जनाको हत्या भएको स्मरण गराए । गँगादेवी व्यावसायि मात्र नभई त्यस क्षेत्रको सामाजिक व्यक्ति समेत भएको दाजु सुनिलले बताए । गँगादेवीको मृत्युसँगै वारि गुल्मी र पारी बाग्लुङ्गका स्थानीय शोकमा डुबेका छन् । सधै हसिलो अनुहार लिएर सामाजिक क्रियाकलापमा समेत सक्रिय गँगादेवीको हत्याले आफूहरु आश्चार्यमा परेको स्थानीय बताउँछन् ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६