प्रदेश

कपिलवस्तु महोत्सवको तेस्रो दिन पप गायक कमल खत्रीले नचाए, भोलि प्रकाश सपुत आउने



कपिलवस्तु, १९ माघ ।

१३ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन ५ हजार दर्शकले अवलोकन गरेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो । विहिबार ५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिदैं महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले साढे ३ लाखको आर्थिक कारोबार भएको बताए । आज आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर र सम्झना रणपालले दर्शकलाई नचाएका हुन् ।

क्तमिक रुपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको संयोजक घिमिरेले बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाई छ । कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले शुक्रबार लोक तथा दोहोरी गायक प्रकाश सपुत लगायतको बेजोड प्रस्तुति रहने बताए ।

डान्स आईडल संयोजक विरेन्द्र खाँणले विहिबार १४ जना प्रतिस्पर्धीले प्रस्तुति राखेको बताए । बुधबार २० जना जना प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । संयोजक खाँणका अनुसार आज ४ जना प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिका छन् भने २ जना अनुपस्थित रहे । शुक्रबार पनि डान्स आईडलबाट थप प्रतिस्पर्धी बाहिरिने छन् । भोलिबाट गायन आईडल समेत सुरु हुने उनले जानकारी दिए ।

माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६