प्रदेश

लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै



दाङ, २१ माघ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउँसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस मूल समारोह शुरु हुने प्रदेश सभा सचिव दुर्लभ पुनले बताए ।

सो कार्यक्रममा झांकी प्रदर्शन,बुटवलमा अस्थायी राजधानी रहंदा भवन उपलब्ध गराउने संघसंस्थालाई अभिनन्दन, शुभकामना मन्तव्य र स्थापना दिवसको अवसरमा प्रदेश सरकार र प्रदेशसभाबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताका सहभागीलाई प्रमाणपत्र वितरण हुने सचिव पुनले बताए ।

प्रदेश सभाको पहिलो कार्यकालमा लुम्बिनी प्रदेशसभाले सबैभन्दा धेरै कानून बनाउन सफल भएको सचिव पुनले जानकारी दिए । लुम्बिनी प्रदेशले अन्य प्रदेशको तुलनामा धेरै अर्थात ७२ वटा विधेयक सभाबाट पारित गरेको छ ।

प्रकाशित : २१ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६