प्रदेश

राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौदी निर्वाचित



दाङ, २५ माघ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित हुनुभएको छ । सत्ता साझेदार दलको तर्फबाट एमालेका दसौदीले मनोनयन दर्ता गर्नुभएको थियो । उहाँ ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नुभयो । प्रदेश सभातर्फ तीन मत बदर भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएको हो । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको थियो ।

निर्वाचित दसौदी रोल्पाको रुन्टीगढी गाउँपालिका ५ का बासिन्दा हुनुहुन्छ । दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ हुनुहुन्थ्यो ।

नागरिक उन्मुक्तिका राय स्थायी घर सल्यान भई अहिले बाँकेमा बसोबास गर्दै आउनुभएको थियो । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी हुनुहुन्थ्यो ।

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उहाँको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोगराज चौधरी हुनुहुन्थ्यो ।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६