हरि घिमिरे
कपिलवस्तु, २६ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाम वडा न. ७ मोतिपुरमा निःशुल्क होटल ब्यबस्थापन तथा वेटर तालीम सम्पन्न भएको छ । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु र वडा न. ७ को सहकार्यमा एक हप्ते तालिम समापन गरिएको हो । वडा न।७ भित्रका होटल ब्यबसायी , बिपन्न, अल्पसंख्यक, बेरोजगार युवा्युवती लक्षित तालिम सोमवार सम्पन्न गरीएको होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिए ।
समापन तालिमलाई संम्बोधन गर्दै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले होटल ब्यबस्थापन तथा वेटर तालीम लिने सहभागी हरुले तालिम पछी सिकेका कुराहरु व्यवाहारमा उतार्न आवश्यक रहेको बताए । उनले तालिम, तालिमका लागि मात्र नभएर ज्ञानको माध्यम भएकाले यसलाई रोजगारमा जोड्न सके मात्र तालिमको औचित्य हुने बताए । प्रमुख प्रशासकिय अधिकृत भुसालले होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले तालिममा सहभागि हरुलाई रोजगारको व्यवस्था मिलाउन आग्रह समेत गरेका छन् । उनले भने ‘तालिम प्राप्त व्यक्तिलाई रोजगारमा जोड्न सकेमात्र यो लगानिको औचित्व हुने छ ।’
यस्तै कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु रविन्द्र पौडेलले तालिम प्राप्त सबैजनाले रोजगारीको अवसर खोजेमा संघले रोजगारी ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए । उनले भने “हामिले लिने डिग्री त शैक्षिक खर्चको रसिद मात्र हो, बास्तबिक शिक्षा भनेको एस्तै किसिमका सिपमुलक प्राबिधिक शिक्षा नै हो, त्यसैले तालीममा सहभागी प्रशिक्षार्थीले प्राप्त प्रमाणपत्रलाई सजाउने कागजको रुपमा नबुझी सिकेको सिपलाइ ब्यबसायीक आयआर्जनमा लगाउनु अनुरोध गरे ।”
कार्यक्रममा संघका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, बाणगङा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यता, वडा न. ७ का वडा अध्यक्ष बिष्णु गिरि, नगरपालिकाका सुचना अधिकारी केशवराज भट्टराइको विशिष्ट आतिथ्यता, तथा वडा सदस्यहरुको आतिथ्यता रहेको कार्यक्रमको संचालन संघका महासचिव रोमलाल पौडेलले गरेका थिए । वडाको सभा हलमा सन्चालन भएको तालिममा २० जनाको सहभागीता रहेको थियो ।








प्रतिक्रिया