अर्थ-वाणिज्य

रोजगारीको परिणाम दिने संघ संस्थासँग सहकार्य हुन्छ : मेयर अर्याल

रोजगारदाता हरुसँग अन्तरसंवाद




कपिलवस्तु २६ माघ ।वुटवल क्लष्टर फाउण्ड परियोजना द लेप्रोसी मिसन नेपालको आयोजना र उद्योग व्यापार संघ कपिलवस्तु को समन्वयमा रोजगार विहिन अपांगता भएका व्यक्तिहरुका लागि उर्जासिल अवसर , रोजगारदाताहरु सँग अन्तरक्रियात्मक कार्यक्रम विहिवार ४ नं मा गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता पहिचान गरि सिप र रोजगारीका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । यस परियोजनाले गर्ने कार्यमा नगरपालिकाले सहकार्य गरेर काम गर्ने समेत उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै नगरका उप मेयर रिता थारुले फरक क्षमता भएका व्यक्तिहरुलाई नगरपालिकाले सहयोग पुर्याउदै आएको बताउनु भयो ।
राम्रो काम गर्ने संस्थाहरु सँग नगरले सहकार्य गरि काम गर्ने समेत उपमेयर थारुले बताउनु भयो । कार्यक्रममा फाउण्ड परियोजनाका क्लष्टर म्यानेजर बिपिन दासले संस्थाले गर्ने कामको बारेमा प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा विजनेस डेभलबमेन्ट अफिसर रमेश पोख्रेलले अपांगता भएका व्यक्तिहरुलाई सिप र दक्षता पहिचान गरि अवसर प्रदान गरेको बताउनु भयो । परियोजनाले अपांगता भएका १ सय२६ जनाले रोजगार पाएको , २ सय २६ जनाले विउ पुँजी लिएर काम गरेको परियोजनाका कन्ट्री डाइरेक्टर शोभाखर कडेल बताउनु भएको थियो । परियोजनाले १ सय १२ जनालाई तालिम दिएको , ८ सय १२ जनालाई परामर्श दिएको छ । साथै १८ सय रोजगारदातालाई भेटेको जनाएको छ । संघका अध्यक्ष कपिल पौडेलले अपांगता भएका १० जना व्यक्तिहरुलाई उनीहरुको पहिचान गरि रोजगारी दिलाउने प्रतिवद्धता जनाउनु भयो ।

परियोजनाले अपांगता भएका युवा युवतीहरुका लागि पुर्ण उत्पादनमुलक तथा सम्मानजनक रोजगारी , समाज तलव तथा सेवा सुविधाको सुनिश्चित गर्ने परिकल्पना गरेको छ । परियोजनाले काठमाण्डौ , ललितपुर , झापा , मोरङ , सुनसरी , रुपन्देही र कपिलवस्तुमा अपांगता क्षेत्रमा काम गरेको छ ।अपांगता भएका १८ देखि ४५ उमेर समुहका महिला र पुरुषलाई परियोजनाले सहयोग पुर्याएको छ । कार्यक्रममा वाणगंगा स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेल , राष्ट्रिय अपांग महासंघका केन्द्रीय निर्वत मान अध्यक्ष मित्रलाल शर्मा , व्यवसायीहरु हुमनाथ पौडेल , टोपनारायण बेल्बासे लगायतले अपांगता भएका व्यक्तिहरुलाई क्षमता र आवश्यकता अनुसारको रोजगारीका लागि सबैले सहयोग गर्नु पर्ने जनाउनु भयो ।क्लष्टरका रोजगार परामर्शकर्ता गिता अर्यालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६