अर्थ-वाणिज्य

आश्रित बालवालिकाले आफै बस्ने घरमा आगो लगाए




वाँके २७ माघ। बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ। कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएका हरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ।सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन्। बाल सुधार गृहमा हतियार सहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए।

प्रहरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिए लगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ। तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन्। सुधारगृहको ३ वटा भवन मध्य पुरानो भवनमा आगजनी र तोडफोड भएको हो।सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन्। उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६