प्रदेश

व्यवस्था परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिकाः सञ्चारमन्त्री शर्मा



भालुवाङ, २८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा व्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताइन्। अहिलेको व्यवस्था ल्याउन नेपाली सञ्चार जगत्‌को योगदान भुल्न नहुने बताइन्।

पत्रकार महासंघ लुम्बिनी प्रदेशले राजधानी देउखुरी उपत्यकामा शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्रपतिको निर्वाचनमा विभिन्न विषय देखिए पनि राष्ट्रिय सहमतिको आधारलाई केन्द्रमा राखेर निर्णय गरिने दाबी गरिन्।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले अनलाइन सञ्चारमाध्यमलाई नियमन गर्ने कानुन बनाउने तयारीमा लागेको खुलासा गरिन्। सञ्चार क्षेत्रमा केही जटिल विषय रहेको र ती विषयमा अध्ययन गरेर सुधार गरिने बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिर रहेकाले गृहमन्त्री स्वतन्त्र पार्टीलाई दिनुपर्ने बाध्यता नरहेको मन्त्री शर्माको भनाइ छ।

अहिलेको सरकारले देश र जनताको काम गर्नुपर्ने भएकोले सबै मन्त्रीको पूर्ण रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको बताइन्। कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष वसन्त गिरिले विज्ञापन बोर्डले मोफसलका सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने माग गरे। अध्यक्ष गिरिले प्रदेशमा रहेका सञ्चार क्षेत्र र पत्रकारको बारेमा जानकारी दिएका थिए।

प्रकाशित : २८ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६