काठमाडौं : सरकारले जनयुद्ध दिवसका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैंकहरू भने खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बैंकिङ सेवा सूचारु हुने जनाएको हो। बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि अपराह्न १ : ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ।
प्रतिक्रिया