ब्रेकिंग न्युज

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आजबाट, नेतृत्वका लागि तीनजना प्रतिस्पर्धामा



काठमाडौं, २ फागुन । नेकपा एमाले निकट बिद्यार्थीहरू संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को महाधिवेसन आजवाट सुरु हुने भएको छ ।लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।निःशुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिनुहुँदै भन्नुभएको छ , ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन, जुन आयोगमा १५ जना सदस्य हुनेछन ।’

उनका अनुसार सहमतीयवाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।
मंगलबार अपरान्ह १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिनुभयो ।अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहनुभएको छ ।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६