काठमाडौँ — सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच सिंहदरबारमा वार्ता जारी छ । यातायात मजदुर संगठनको माग सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बिहान बोलाइएको बैठक सुरू भएको हो ।मजदुरहरूको माग सम्बोधनका लागि यातायात व्यवस्था विभागले अधिकतम रूपमा लचकता अपनाएर विवाद समाधान गर्ने बताएको छ ।मजदुरले उठाएको जरिवानाबापतको रकम घटाउने र ५ पटक कारबाहीमा परे अनुमतिपत्र खारेज हुने विषय यातायात व्यवस्था विभागले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार सम्बोधन हुने बताइएको छ ।आफ्ना माग सम्बोधनका लागि दबाब दिन मजदुर संगठनहरूले मंगलबार उपत्यकामा सवारी हडताल आह्वान गरेका छन् ।
२ फाल्गुन २०७९, मंगलबार








प्रतिक्रिया