प्रदेश

लुम्बिनी प्रदेशः ३ अर्ब बढी लागतका १० वटा भवन शिलान्याश



बुटवल, ३ फागुन । दाङको राप्ती गाउंपालिका–३ लालमटियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित ९ वटा मन्त्रालय भवन शिलान्याश गरिएको छ ।


प्रदेश सरकार स्थापनाको छैठौं वर्ष प्रवेशको अवसर पारेर भवनहरु शिलान्याश गरिएको हो । २०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । बुटवलबाट स्थायी राजधानी दाङ पु¥याएपछि लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन लागेको हो । भवनहरुको बुधबार मुख्यमन्त्री लिला गिरीले शिलान्याश गरेका छन् ।


प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले निर्माण कार्य कार्यान्वयन गर्नेछ । भवनहरु बनाउन शर्मा / सगुन जेभी काठमाडौंले ठेक्का पाएको छ । भ्याट वाहेक ३ अर्ब ९ करोड एक लाख २९ हजार रुपैयांमा १० वटा भवनहरु बनाउने गरी गत मंसिर २८ गते ठेक्का सम्झौता भएको हो । २०८२ साल पुस २८ गते अर्थात तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ ।


भवन शिलान्याश गर्दै मुख्यमन्त्री गिरीले निर्धारित समयमै निर्माण पूरा गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यसमा स्थानीयको साथ हुनुपर्ने बताए । प्रदेश सरकारले राजधानीको गुरुयोजना अनुसार मन्त्रालय भवन र अन्य पुर्वाधार बनाउंदै जाने बताए ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६