दाङ ३ फागुन । लुम्बिनी प्रदेश सरकारले छैटौं स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाएको छ । राप्ती गाउँपालिका वडा नं ३ सिरिचौरमा भएको औपचारिक समारोहमा सरकारले विभिन्न विधामा ६१ जनालाई विभूषणसमेत प्रदान गरेको छ ।२०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको दिनमा स्थापना दिवस मनाइँदै आएको छ । विभिन्न समुदायको झाँकीसहितको कला संस्कृति प्रस्तुत गरेर दिवस मनाइएको छ ।प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुख्यमन्त्री लीला गिरीले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए ।
संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा राखे ।‘अबको पाँच वर्ष जनताको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्छौं’, उनले भने, ‘यसका लागि सरकार प्रतिबद्ध छ ।’
को को भए विभूषित ?
प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषण प्रदान गरिएको छ । यता प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ । यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पु¥याएको भन्दै विभूषित गरिएको हो । थापा घाइते समेत हुन् ।त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डाक्टर मोहिउद्दिन किदवाई र डाक्टर राजन पाण्डेलाई विभूषित गरिएको छ । डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धि स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो । त्यस्तै प्रदेश सेवा समर्पण पदकबाट डाक्टर विकास देवकोटा, पूर्णमान वली, सीता घिमिरे, मोहन पाण्डे, पुष्पराज पाण्डे, शिवप्रसाद चौधरी, टंकबहादुर गुरुङ, डाक्टर परवेज आलम, शारदाकुमारी चौधरी, कुन्दनकुमार सिंह, भोगबहादुर खड्कालाई प्रदान गरिएको छ।
त्यस्तै उजीरसिंह दीप पदकबाट डिएसपी मुकुन्दप्रसाद रिजाल, प्रहरी निरिक्षक रञ्जु केसी, हृदेशकुमार सापकोटा, नविन चुदाली, दामोदर मल्ल, मदन गैरे, सुरेन्द्र केसी, मोहन विष्टलाई प्रदान गरिएको छ । समाजसेवा श्रीपदकबाट डाक्टर किशोर खत्री, विमल रिजाल, टोपबहादुर घर्ती, मोहम्मद इरफान सिद्धिकी, मेघराज कक्षपती, खेम पुन ९मरणोपरान्त० विभूषित गरिएको छ ।
त्यस्तै प्रदेश रत्नपदकबाट कृष्णराज सर्वहारी, नारायण खड्का, भुपाल पोख्रेल, भिमप्रसाद वाग्ले, हरिबहादुर वली, आशुतोष बराल, जीवन गिरी, शिवनन्दन जयसवाल, हरिकेश यादव, गिरीराज शर्मा, केशबहादुर कार्की, पूर्णबहादुर चौधरी ९मरणेपरान्त०, पवित्रा घर्तीमगर, मेघराज ज्ञवाली, जगतराम यादव, कर्णबहादुर बुढामगर, ध्रुव गन्दर्भ, मनोज पौडेल, टीकाराम अर्याल, शिवु खनाललाई विभूषित गरिएको छ । त्यस्तै प्रदेश प्रज्ञा पदकबाट डाक्टर इन्द्रबहादुर भण्डारी, प्राडा लक्ष्मण ज्ञवाली, अमिर आजम मियालाई विभूषित गरिएको छ । प्रजापती गौतमी पदकबाट औशी विक, राधा घिमिरे (मरणेपरान्त), मिना शर्मालाई विभूषित गरिएको छ । दङ्गीशरण बलिहाङ्ग पदकबाट चन्द्रीका यादव ९मरणोपरान्त०, लल्लुराम था, गोवद्र्धन थापा, मनोज पौडेल, दुर्गेश यादव (मरणोपरान्त) विभूषित गरिएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदर्शन गरिएको विभिन्न समुदायको झाँकीलाई समेत पुरस्कार दिइएको छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेर पुरस्कार प्रदान गरिएको हो ।सो अवसरमा भूम्या झाँकी घोराही प्रथम भएको छ । नौमती बाजा नेपाल मगर सांस्कृतिक संघ राप्ती दोस्रो र वड्का नाच जागृति सांस्कृतिक राप्ती–७ तेस्रो भएको छ । झुम्रा नाच प्रस्तुत गर्ने शिव युवा क्लव लमही र नव प्रगतिशील युवा क्लव राप्ती सान्त्वना भएका छन् ।बुधबार नै प्रदेशमा रहेका १० वटा मन्त्रालयको भवन निर्माणको शिलान्यास भएको छ ।








प्रतिक्रिया