कपिलवस्तु ४ फागुन । कपिलवस्तुवाट ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। यसवाट वैदेशिक रोजगारीमा कपिलवस्तुको हिस्सा १० प्रतिशत हुन आउछ । लुम्बिनी प्रदेशवाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख ६० हजार ७८५ जना रहेको बताइएको छ ।जसका आधारमा कपिलवस्तुको संख्या १० प्रतिशत देखिएको हो अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ । गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भई शव आएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क रहेको छ ।
स्विस विकास संस्था ‘हेल्भेटास’का कार्यक्रम संयोजक सनतप्रसाद सापकोटाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६४ लाख नाघेको बताउनुभयो। लुम्बिनी प्रदेशमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख ६० हजार ७८५ जना रहेको बताइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई जानेको सङ्ख्या छ लाख ३० हजार ९० रहेको छ । यसमा महिलाको सङ्ख्या ४९ हजार १२८ (आठ प्रतिशत) रहेको जनाइएको छ ।अघिल्लो आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या हालसम्मकै बढी हो । स्विससरकार विकास सहयोग (एसडीसी) को सहयोगमा १५ जिल्लाका ६० र २३ जिल्लाका ९६ स्थानीय तहमा नेपाल सरकारको ससर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा छ ।
प्रतिक्रिया