खोज–अनुसन्धान

सांसद भण्डारी र आमा सिलिण्डर दुर्घटनामा घाइते : बर्न सेन्टरमा उपचार हुदै




कपिलवस्तु ४ फागुन । गुल्मीवाट निर्वाचित सांसद चन्द्र भण्डारी र उहाकी आमा दुर्घटनामा परेकाछन् । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसमा सांसद चन्द्र भण्डारीसहित उनकी आमा गम्भीर घाइते भएकी छन् । उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएकी हुन् ।
उनीहरु ग्याँस विस्फोटमा परेको र उनीहरु दुवै जनाको हाल कीर्तिपूरस्थित बर्न सेन्टर उपचार भइरहेको जनाइएको छ । काँग्रेस महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले आफू बुधबार राति नै कीर्तिपूर अस्पताल पुगेर भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझेको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरीरको केही भाग जलेको भने उनकी आमाको भने करिब ७० प्रतिशत शरीर जलेको बताएका छन् भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनले बुधबार मात्रै संसदमा बोलेका थिए ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६