अर्थ-वाणिज्य

गठबन्धन टुट्दैन ,एक दुइ दिनमा राष्ट्रपतिको टुंगो लाग्छ : प्रचण्ड

राष्ट्रपतिवारे वालकोटवार्ता




काठमाडौं ५ माफुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने बताएका छन् ।उनले आज गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे सहमति हुने बताए ।गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्नेरभत्कने कुरै छैन ।
राष्ट्रपतिको पनि १(२ दिनमा सहमति मै टुंगो लाग्छ ।’प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो ।

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।उता नेपाली कांग्रेसका नेताहरुले भने विद्यमान रहेको गठबन्धन जसरी पनि तोड्नुपर्छ भनेर खुलेआम लागिरहेका छन् । महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउँछौं भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६