अर्थ-वाणिज्य

माओवादी केन्द्र लुम्बिनीमा विवाद, मन्त्रीबाट बैठक बहिस्कार




बुटवल ५ फागुन। प्रदेश सरकारमा मन्त्रालयको कार्यविभाजनको विषयले माओवादी केन्द्र लुम्बिनीमा देखिएका असन्तुष्टि अझै साम्य भएको छैन । बिहीबार प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा असन्तुष्ट पक्षले संसदीय दलका नेताले छलफल विना एकल निर्णयका आधारमा आफूखुशी मन्त्रीको कार्यविभाजन गरेको भन्दै चर्को विरोध गर्दै र तत्काल संसदीय दलको बैठक माग गरेका थिए । बाँकेबाट प्रत्यक्ष निर्वाचित कृष्णा केसीलाई सहमतिबिना आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनाइएको भन्दै केसी र उनी पक्षका नेताहरु असन्तुष्ट छन् । मन्त्री केसीले कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारका कार्यक्रम र मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएकी छन् ।

संसदीय दलका नेता जोखबहादुर महराले विधि प्रक्रिया मिचेर मन्त्रीहरुको कार्यविभाजन गरेकाले बैठकमा यस विषयमा आवाज उठेको र तत्काल संसदीय दलको बैठक माग गरिएको मन्त्री केसी निकट सांसद धनबहादुर मास्की (राजेश)ले बताए । मंसिर ४ को निर्वाचनमा पार्टी हितविपरीत भएका गतिविधिहरुको छानबिन हुनुपर्ने आवाज पनि उठेको मास्कीले बताए। माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बैठकमा सबैले आ–आफ्ना कुराहरु राखेका र ती विषयहरु छलफलबाट समाधान हुने बताए ।मन्त्रालय बाँडफाँटमा असन्तुष्ट मन्त्री केसीले आफूले आफ्नो लागि रोजेको मन्त्रालय पाउनुपर्छ भनेर नभई पार्टी विधि पद्दति र संस्थागत निर्णयबाट चल्नुपर्छ भनेर असन्तुष्टि जनाएको बताइन् । मन्त्रिपरिषदमा रहने या नरहने भन्ने विषय अब पार्टीको संसदीय दलको बैठकपछि मात्रै आफूले भन्न सक्ने केसीले बताइन् ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६