प्रदेश

गोरूसिंगे–सन्धिखर्क सडक जिर्ण हुँदा यात्रुलाई सास्ती



कपिलवस्तु, ०६ फागुन । कपिलवस्तुको गोरूसिंगेदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने सडक जिर्ण हुँदा यात्रुहरुले सास्ती भोगेका छन् । सडक साँघुरो पनि भएकाले यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ३९ वर्षअघि बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा यात्रुलाई सास्ती भएको हो । अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक ३९ वर्ष अगाडि बनेको हो । साघुँरा घुम्ती छिचल्नुपर्ने हुँदा यात्रुहरुलाई सास्ती छ । फराकिलो सडक नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै विभिन्न समयमा स्थानीयवासीन्दाले आवाज उठाउँदा समेत सम्बन्धित निकायले चासो दिएका छैनन् ।

पर्याप्त स्रोत र साधनको अभावमा स्थानीय औजार परिचालन गरी खनेको यो सडकको अहिलेसम्म कसैले स्तरोन्नतिमा ध्यान दिएका छैनन् । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पटक–पटक मन्त्री बनेका नेता टोपबहादुर रायमाझीसँग यो सडकको बारेमा बारम्बार अवतगत गराए पनि अझैसम्म सुनुवाई नभएको स्थानीयको गुनासो छ । गायक पशुपति शर्मा आफूहरु धेरै जिल्लामा कार्यक्रम गर्न गएको तर यति जोखिमपूर्ण सडकको यात्रा नगरेको बताउँछन् ।

साँघुरा सडकका कारण बेलाबेलामा सवारी दुर्घटना हुने गरेका छन् । सडक दुर्घटनापछि मात्र सडकको स्तरोन्नतिको सम्बन्धमा चर्चा हुने गरेको स्थानीय हिमाल भुसालको भनाइ छ । ६८ किलोमिटर लामो सडकको स्तरोन्नतिको काम विभिन्न चरणमा चलिरहेको र अबको करिब ३ वर्षभित्रमा साघुँरा घुम्ती र फराकिलो सडक बनाउने योजनाका साथ आफूहरु लागिपरेको प्रतिनिधि सभाका सदस्य रायमाझीको भनाइ छ ।

प्रकाशित : ६ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६