खोज–अनुसन्धान

लागुऔषध दुर्ब्यसन विरुद्ध विश्वविद्यालयसंग हातेमालो गर्ने मन्त्री पन्थीको घोषणा




कपिलवस्तु ७ फागुन । लागु औषध दुर्ब्यसन विरुद्ध ब्रम्हाकुमारीय ईश्वरीय विश्व विद्यालयसंग हातेमालो गर्ने गरी प्रदेश सरकार को स्वास्थ्य मन्त्रालयले कार्यक्रम अघि वढाउने स्वास्थ्य मन्त्री विष्णस पन्थीले वताउनु भएको छ । विश्व विद्यालयको जितपुर शाखाको आयोजनामा महाशिवरात्रीको अवसरमा शनिवार भएको शुभकामना आदान प्रदान कार्यक्रममा यस्तो वताउनु भएको हो । कार्यक्रम मा लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री विष्णु पन्थीले ब्रमाकुमारी विश्वविद्यालयले समाजमा नैतिक आचरणका व्यवहार र शान्तिको सन्देश छरेको बताउनु भएको छ ।

दुर्ब्यसनीमा लागेका युवाहरुलाई सत्कर्म गर्न र सहि बाटोमा हिड्ने प्रेरित गरेको भन्दै लुम्बिनी प्रदेशभर नै यस प्रकारका संस्था लाई आर्थिक रुपले सहयोग गर्ने बताउनु भएको छ । वर्तमान परिपेक्षमा नैतिक शिक्षा वालवालिकाहरुलाई नैतिक शिक्षाको आवश्यकता परेको समेत उहाँले बताउनु भयो । लुम्बिनी प्रदेश भित्रका स्वास्थ्य सेवाहरुलाई प्रभावकारी बताउने समेत उहाँले बताउनु भयो ।कार्यक्रममा राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे, इश्वरीय विश्व विद्यालय जितपुर शाखाका प्रमुख व्रमाकुमारी राधिका , नविन लगायतले बोल्नु भएको थियो ।

विश्व विद्यालयका भक्तिराम पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा वाणगंगा वडा नं १ का वडा अध्यक्ष सञ्जु कुमार सारु मगर ,वुद्धआवाज टेलिभिजनका व्यवस्थापक भेषराज पाण्डे, पत्रकार महासंघका उपाध्यक्ष हरी अधिकारी , रेडियो हर्टविटका स्टेशन म्यानेजर हरि घिमिरे , रेडियो बाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल लगायतको उपस्थिती रहेको थियो । संस्थाको जितपुर शाखाले गाउँगाउँमा शान्ति शिक्षा पाठशाला दिदै आएको र आगामी दिनमा हरेक विद्यालयमा नैतिक शिक्षा चलाउने जनाएको छ । त्यस्तै गरि दुव्र्यसनीमा फसेका युवाहरुलाई सहि मार्गमा ल्याउने कार्य गरेको बताइएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६