अर्थ-वाणिज्य

एकल महिलालाई सक्षम बनाउने दायित्व हाम्रो हो : मेयर अर्याल




कपिलवस्तु ८ फागुन । एकल महिलाहरु नेतृत्व स्थापित हुने गरि अगाडि बढ्नु पर्ने वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । आइतवार एकल महिला वडा नं ४ स्तरिय २ दिने भेला तथा समुह गठन तथा अभिमुखीकरण कार्यक्रमलाई ४ नं जितपुरमा समुद्घाटन गर्दै मेयर अर्यालले यस्तो बताउनु भएको हो । उहाँले अगाडि भन्नु भयो , एकल महिला हरुको लागि के आवश्यकता छ , सोहि अनुसारको योजना लिएर आउनुहोस । एकल महिलाहरुलाई सक्षम बनाउनु सरकारको दायित्व हो ,मेयर अर्यालले भन्नु भयो । नगरपालिकाले विभिन्न अवसरहरु प्रदान गरेको बताउदै सिपलाई व्यवसायिक रुपमा लैजान उहाँले सबैमहिलाहरुलाई आग्रह गर्नु भयो
एकल महिला समुहका अध्यक्ष रुपा राईको अध्यक्षता , उपाध्यक्ष टिका कुमारी अधिकारीको स्वागत एवं सचिव शोभा आचार्यको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष एवं वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे, सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष इन्दीरा भट्राई , सेतो गुराँस वालविकास सेवाका सचिव रिता थापा बोहोरा लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । यस्तै गरि भेलाले शुसान थापा झेडीको अध्यक्षतामा १३ सदस्सीय वडा स्तरिय एकल महिला समुह गठन गरेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६