कपिलवस्तु ८ फागुन । वालवालिकाको प्रारम्भीक विकासमा सेतो गुरासको सेवा सन्तोषजनक रहेको ठहर सस्थाको बैठकले गरेको छ । सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको तौलिहवामा वसेको वैठक यस्तो ठहर गरेको हो । वैठकले संस्थाले गरेका विभिन्न गतिविधिहरुको समिक्षा गर्दै संस्थागत विकासका लागि नीतिगत योजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
२०५८ सालमा स्थापना भएको यस सेवाले ५ वर्ष देखि मुनिका वालवालिकाको चौतर्फी विकासका लागि प्रारम्भिक वालविकास केन्द्रहरुमा प्राविधिक सहयोग पुर्याउदै आएको संस्थाका अध्यक्ष हुमनाथ पाण्डेले बताउनु भयो । संस्थाले ससाना वालवालिका हरुको चौतर्फी विकासको लागि लामो समय देखि काम गर्दै आएको समेत अध्यक्ष पाण्डेले बताउनु भयो । वैठक संस्थाका सचिव रिता थापा बोहोराको सञ्चालनमा भएको हो ।
८ फाल्गुन २०७९, सोमबार
प्रतिक्रिया