पार्वती पाण्डे
कपिलवस्तु ९ फागुन ।सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था कपिलवस्तुमा ४० वढि युवाहरुले रोजगारी पाएका छन । जसमा ५० प्रतिशत महिला रहेका छन । सहकारीले उत्पादनलाई पनि जोड दिएको छ । सहकारी अभियान मार्फत समुदाय र सदस्यको सामाजिक , आर्थिक र सांस्कृतिक जीवनस्तर उकास्न क्रियाशील रहदै कार्य गरेको संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनु भयो । संस्थाका सदस्य मार्फत सिंगो समुदायको समग्र समृद्धिका निम्ती मुल मन्त्र बनाएर संस्था अगाडि बढेको अध्यक्ष बेल्बासे ले बताउनु भयो । सहकारीले सदस्यहरुलाई उत्पादन सँग जोडदै समुदाय स्तरमा सिप र प्रविधिको प्रयोग गर्दै थप अवसर सृजना गर्न पुँजीलाई अझ बढी उपलब्धिमुलक परिचालनमा जोड दिइने छ , उहाँले भन्नु भयो । संस्थाले कार्यक्षेत्र विस्तार गर्दै लुम्बिनी प्रदेशका कपिलवस्तु , रुपन्देही , दाङ , अर्घाखाँचीमा आफ्ना कार्यहरु विस्तार गरेको छ ।

सहकारी क्षेत्र वित्तीय क्षेत्रको राष्ट्रको तीन खम्बे अर्थ नीतिको एक अभिन्न अंग बन्न पुगेको परिवेशमा सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्य सम्पादन संस्थाको उद्देश्य रहेको बताइएको छ । सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकिय जटिलता र लागतलाई मितव्ययी बनाउन , पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्न नेपाल सरकार एवं स्थानीय तहको नीति निर्देशन अनुसार सहकारी एकिकरण गरिएको छ । विशेष गरि कृषि ,कृषिजन्य उद्यम ,वजार प्रवर्धन , उद्यमशिलता विकास , रोजगारी प्रवर्धन , वचत तथा ऋण परिचालन , आन्तरिक पर्यटन प्रवर्धनको अभिप्रायले समान कार्यक्षेत्र , सदस्यमा दोहोरोपना कम गदैृ क्रियाकलापमा एक रुपता ल्याउन सहकारी एकिकरण गरिएको छ । २०६१ सालमा स्थापना भएको कृषि वहुउद्देश्यीय सहकारी बोर्डगाउँ , २०६३ सालमा स्थापित सिनर्जी वचत तथा ऋण सहकारी बनगाई , २०६३ सालमा स्थापना भएको घर घरमा वचत तथा ऋण सहकारी बोडगाँउ , २०६५ सालमा स्थापित वुद्ध महिला वचत तथा ऋण सहकारी चप्परगाउँ , २०६९ सालमा स्थापित अभियान कृषि सहकारी भड्डीहवा , २०७१ सालमा स्थापित उज्जवल महिला कृषि सहकारी बोर्डगाउँ बीच एकिकरण कार्यले वैद्यानिकता प्राप्त गर्दै एकीकृत सहकारीको रुपमा सिनर्जी वहुउद्देश्सीय सहकारी संस्था २०७८ सालमा कारोवारको शुभारम्भ गरेको थियो ।
शेयर सदस्यका हिसाबले कपिलवस्तुको सबैभन्दा ठूलो सिनर्जी बहुउद्देश्सीय सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवाको समेत शुरु गरिसकेको छ । सिनर्जीले सुरुवाँत गरेको एटिएम सेवा सहकारीको क्षेत्रमा जिल्लामै पहिलो हो ।बाणगंगाको चारनम्बरमा प्रधान कार्यालय रहेको सिनर्जीमा करिब १० हजार शेयर सदस्य छन् ।आर्थिक बर्ष ०७८÷०७९ को रिर्पोट हेर्दा सहकारीले ७४ करोड ५३ लाख बराबरको ऋण लगानी गरेको छ ।
यही आवमा ४३ करोड ७६ हजार बराबरको निक्षेप संकलन गर्न सफल भएको सिनर्जीको१७ करोड २८ लाख ६० हजार बराबरको शेयर पुँजी देखिन्छ ।सहकारीमा कारोबार गर्नेको संख्यामा बृद्धि भएपछि एटिएम सेवाको शुभारम्भ गरिएको अध्यक्ष बेल्वासेले बताउनु भयो ।
‘सेवाग्राहीको आवश्यकता र सहकारीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एटिएम सेवा शुभारम्भ गरेका छौं उहाँले भन्नु भयो ’, ‘अब पैसा झिक्न कार्यालयमै पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।’सहकारीले मोवाइल रिचार्ज , बिजुली तथा खानेपानीको महशुल मोवाइल एप्सबाटै वुझाउन सकिने , सिनर्जीको खाताबाट सिनर्जी कै अन्य सदस्यको खातामा रकम पठाउन तथा अन्य सहकारी तथा वैंकका खातामा रकम हस्तान्तरण गर्न सकिने व्यवस्थापक दिनामणी खनालले बताउनु भयो । हवाइ टिकट , केवलकार टिकट , विमा भुक्तानी तथा विभिन्न रकमहरु भुक्तानी गर्न सकिने उहाँले जनाउनु भयो । इसेवामा तथा खल्ती एप्समा फन्ड लोड गर्न सकिने , मोवाईलबाटै नगद जम्मा अनुरोध तथा भुक्तानी अनुरोध पठाउन सकिने सहकारीले जनाएको छ । मोबाईल एप्सको प्रयोगबाट खातामा रहेको नगद तथा ऋण किस्ता सुची जस्ता गतिविधिहरु स्वयम हेर्न सकिने छ ।
संस्था जिल्लामा सबै भन्दा वढी कर वुझाउने तर्फ नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभाग आन्तरिक राजश्व कार्यालय कृष्णनगर , करदाता सेवा कार्यालय कपिलवस्तुबाट सम्मान प्राप्त गर्न सफल भएको छ । त्यस्तै गरि नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघको तर्फबाट सहकारीको गुणस्तर तथा सुशासन सम्बन्धमा अवार्ड प्राप्त गरेको छ । त्यस्तै गरि तत्कालिन डिभिजन सहकारी कार्यालयबाट लगातार ३ पटक जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा सम्मान प्राप्त गरेको छ । साथै नेपाल सरकार कृषि मन्त्रालयबाट समेत सम्मान प्राप्त गरेको छ ।








प्रतिक्रिया