खोज–अनुसन्धान

मन्त्री चौधरीले पेशगरे राष्ट्रिय पूजीको विकास र समृद्धी उन्मुख शिक्षाको स्वरुप




सन्तोषकुमार गुप्ता
भालुवाङ ८ फागुन ।लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री इन्द्रजित थारूले राष्ट्रिय पुँजीको विकास र सक्षम अर्थतन्त्रको विकास बिना शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका– २ लालमटियाको चौधौं क्याम्पस सभा तथा तेस्रो अधिवेशनको सोमबार लालमटियामा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।मन्त्री थारूले नीजि क्षेत्रबाट शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै नेपालको राष्ट्रिय पुँजी र आत्मनिर्भर अर्थतन्त्र निमार्ण सँगै अन्तराष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाउनु पर्ने प्रावधान भएपनि त्यो कार्यान्वयन हुन नसकेको बताउँदै मन्त्री थारुले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता रहेको बताउनु भयो ।

त्यस्तै पुर्व संविधान सभा सदस्य रेश्मीराज नेपालीले शिक्षालाई राष्ट्रियता सँग जोड्नु पर्ने बताउनु भयो । त्यस्तै उनले विद्यालयमा विभिन्न भाषाभाषीको पढाइ नहुने हो भने भाषा नै लोप हुन सक्ने स्थिति सिर्जना हुनसक्ने भएकोले शिक्षा नीति बनाउन आवश्यक रहेको बताउनु भयो ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँ पालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, क्याम्पसका संस्थापक तथा सल्लाहकार दोर्ण भुसाल, कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्मा, पत्रकार महेश रिजाल, विद्यार्थी धुव्र बेल्वासे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै क्याम्पसलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने क्याम्पसका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै विद्यार्थी हरूले विभिन्न साँस्कृतिक प्रस्तुतिहरू समेत राखेका थिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष केशवराज खनालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले गरेका थिए ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६