प्रदेश

सधैँभरी अरूको निम्ति मात्रै बलिदान दिन सकिदैन, पावर सेयरिङमा भुमिका दिनुपर्छ: नेपाल



काठमाडौं, ०९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा चाहना भएपनि कुनै निर्णय गरिनसकेको बताएका छन्। 

मंगलबार बिहान दाङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आकांक्षा भए पनि कुनै निर्णय गरिनसकेको बताएका हुन्। उनले पावर सेयरिङमा पार्टीको भूमिका हुनुपर्ने बताउँदै सधैँभरी अरूको निम्ति मात्रै बलिदान दिन नसकिने बताए। 

‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन’, उनले भने, ‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर सेयरिङमा भूमिका नभएर सधैँभरि अरूको निम्ति मात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन ।’ 

अध्यक्ष नेपालले चुनावअघि राष्ट्रपतिमा झलनाथ खनालको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको दाबी गरे।  

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६