प्रदेश

राष्ट्रपतिमा कांग्रेसले जित्ने नेता शेखर कोइरालाको दाबी



काठमाडौं,०९ फागुन । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसले जित्ने दाबी गरेका छन्। 

मंगलबार प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जित्ने दाबी गरेका हुन्।

‘राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ,’ नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस्।’

उनले राष्ट्रपति चयनको विषयले यस पटक धेरै चासो र चर्चा पाएको भन्दै पछिल्लो पटक राष्ट्रपति को बन्ने र बनाउने सवालमा केपी ओली र माधव नेपालको भेटले कांग्रेसलाई कुनै असर नपर्ने बताए। नेता कोइरालाले ओली र नेपाल मिले पनि आफूहरुले उम्मेदवारी दिने बताए। 

उनले भने, ‘ओली र नेपाल हिजो एकै दलका नेता हुन्, फेरि पनि उहाँहरू एक ठाउँमा रहने सम्भावना छ तर उहाँहरू एक भइरहँदा पनि कांग्रेसलाई कुनै असर पर्दैन। देशको पहिलो दल भएको हैसियतले कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्छ।’

पाँच दलीय गठबन्धन टिकाउन नसक्नुमा कांग्रेसबाट कमजोरी भएको र अब कमीकमजोरी दोहोरिन नदिने बताए। उनले दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने बताए।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६