ब्रेकिंग न्युज

मिसन ग्रासरुट अभियानको थालनी यही फाल्गुण ११



कपिलवस्तु, फाल्गुण ९
नेकपा (एमाले) कपिलवस्तुले फाल्गुण ११ गते मिसन ग्रासरुट अभियान अन्तरर्गत अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्ने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । मिसन ग्रासरुट अभियानको अभिमुखीकरण कार्यक्रममा जिल्लामा रहेका पार्टीका केन्द्रिय नेता, प्रदेश स्तरका नेता, जिल्ला, पालिका, वडा स्तरका नेता कार्यकर्ता एवम् जनप्रतिनिधीहरुको उपस्थिती रहने छ । त्यस्तै कार्यक्रममा जनवर्गिय संगठनका पनि जिल्ला देखि केन्द्रिय स्तरका नेता कार्यकर्ताको उपस्थिती रहने एमाले कपिलवस्तुले जनाएको छ । कार्यक्रम सिद्धार्थ क्याम्पस बुङ्गचीको सभाहलमा ११ बजे देखि शुभारम्भ गर्ने कार्यतालिका रहेको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६