पार्वती पाण्डे
कपिलवस्तु ९फागुन ।कपिलवस्तुको अग्रनी संचार संस्था कमन नेपाल प्रालिको मंगलवार १६ वार्षिक सभारण सभा गरिएको छ । संस्थाका बरिष्ट सल्लाहकार एवम लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बोल्दै कमन नेपालले सामाजिक रुपान्तरण र पर्यटनको क्षेत्रमा ठुलो योगदान पुर्याएको बताउनु भयो ।
जनतालाई सुसुचित गर्ने कार्यमा अगुवाई गरेकोमा मन्त्री पन्थीले खुशी व्यक्त गर्नु भयो । आगामी दिनमा स्वास्थ्य र सरसफाईको क्षेत्रमा पनि अझै बढि कलम चलाउन मन्त्री पन्थीले आग्रह गर्नु भयो । सञ्चारक्षत्रेको विकासका लागि आफुले सदैव सहयोग गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री पन्थीले मिडियाको विकासमा सरकारको ध्यान जान आवश्यक रहेको औल्याउनु भयो। मन्त्री पन्थीले भन्नु भयो , “मिडियाको विकास भएमा मात्र देशको विकासले दु्रतगति लिन्छ । ” संस्थाका अध्यक्ष डिपी शर्माले थोरै समयमा संस्थाले अथक मेहनतका साथ राष्ट्रिय साप्ताहिक वुद्धआवाज , राष्ट्रिय वुद्धदर्पण दैनिक र प्रेस पाटी अनलाईन सञ्चालन गर्दै आएको जनाउनु भयो ।मिडिया सञ्चालन गर्नु ठुलो चुनौती रहेपनि ति चुनौतीलाई पार गरि संस्थागत विकास र सामाजिक रुपान्तरणमा निरन्तर लागेको बताउनु भयो ।
संस्थामा कार्यरत कर्मचारीहरुको कडा परिश्रम र विज्ञापनदाता ,पाठकहरुको मायाले मिडिया संस्था निरन्तर अगाडि बढेको उहाँले जनाउनु भयो । कार्यक्रममा कमन नेपाल खोज तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष पोमनारायण पौडेलले विकास निमार्ण र वुद्धसँग सम्बन्धित पर्यटकिय स्थलहरुको सवालहरुमा मिडिया हाउसले महत्वपुर्ण भुमिका खेलेको चर्चा गर्नु भयो ।
सभामा वोर्डका सदस्यहरु भेषराज पाण्डेले प्रगति प्रतिवेदन तथा वार्षिक कार्ययोजना र गुणानिधि भुषालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदनलाई सभाले पारित गरेको थियो ।संस्थाका प्रबन्ध निर्देशक लक्ष्मण बेल्वासेले सहजिकरण गर्नु भएको कार्यक्रममा कमन नेपाल प्रा.लि. कपिलवस्तुले प्रदान गर्ने स्वर्गीय नन्दराम पोडेल स्मृति पत्रकारीता पुरस्कार २०७९ बाट सक्रिय पत्रकार माधव बेल्बासेलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया