खोज–अनुसन्धान

छाडा कुकुरलाई नियन्त्रणमा लिएर स्वास्थ्य शिविर संचालन




वुटवल ९ फागुन ।छाडा चौपायाका कारण हैरान भएको सिद्धार्थनगर नगर पालिकाले नया योजना ल्याएको छ । यस अघि नगरमा रहेको गाई गोरुलाई गौशालामा लगि ब्यवस्थापन गरेको नगरपालिकाले अहिले सामुदायिक (छाडा) कुकुरहरुको संख्या घटाउन उनिहरुको बन्ध्याकरणको काम थालेका छ । सामुदायिक कुकुरहरुका कारण समस्या बढेपछि कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको हो ।

नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबार देखि तीन दिने शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ । कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनिकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर संचालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।
उनले शिविरमा खटिएको विज्ञ सहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरे पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा एक सय ५० देखि दुई सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताए ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६