प्रदेश

लुम्बिनी प्रदेशः ७ महिनामा २२ प्रतिशत खर्च



रुपन्देही, १० फागुन । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा २२ प्रतिशतमात्र बजेट खर्च गरेको छ । जसमा विकास खर्च जम्मा १८ प्रतिशत र चालु खर्च २७ प्रतिशत छ । चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्मको खर्च विवरण हेर्दा विकास खर्च निराशाजनक देखिन्छ । चालु खर्च भने केही वृद्धि भएको छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्षको माघ मसान्तसम्म विकास बजेट १८.६३ प्रतिशतमात्रै खर्च भएको छ । चालुतर्फ भने २७.४४ प्रतिशत बजेट खर्च भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि पुँजीगत खर्च २४ अर्ब ६३ करोड १९ लाख ५१ हजार र चालु खर्च १८ अर्ब ३७ लाख गरी कुल ४२ अर्ब ६३ करोड ५७ लाख बजेट विनियोजन गरेको थियो ।

जसमध्ये विकास बजेट ४ अर्ब ५८ करोड ८१ लाख र चालु खर्च ४ अर्ब ९४ करोड २ लाख बजेट मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बताए । उनले अहिले निर्वाचनका कारण मन्त्रालयहरुले खुलेर बजेट खर्चको विवरण नपठाएको पनि हुन सक्ने बताए । अर्कोतिर कार्यालयहरूले बजेट आए पनि तत्काल ठेक्कापट्टाका लागि सम्झौता नगर्ने र अन्तिम समयमा मात्रै ठेक्काको लागि सम्झौता हुने गर्दा सुरुमा विकास बजेट खर्च कम देखिएको हुनसक्ने उनको भनाइ छ ।

उनले पछिल्लो समय केन्द्र सरकारले पनि गोष्ठी सेमिनार जस्ता खर्च कटौती गरेका कारण मन्त्रालयगत खर्च कम देखिएको हुनसक्ने बताए । उनले ठुला मन्त्रालयहरूको ठेक्का आदिमा खर्च निर्भर रहने प्रस्ट पारे ।

प्रकाशित : १० फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६