प्रदेश

प्राचीन तिलौराकोटमा उत्खनन सुरु



तौलिहवा, १० फागुन । गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत वर्षजस्तै यस वर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ । उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातत्त्वक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता छ ।

उत्खनन कार्य ४५ दिनसम्म चल्ने र यस चरणमा तिलौराकोट क्षेत्रका विभिन्न ठाउँमा हुने पुरातात्त्वक विभागका प्रमुख पुरातत्त्वक अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । तिलौराकोटको पूर्वी द्वारअगाडिको संरचना, कन्थक स्तूपनजिकै भेटिएका विहार र पोखरीको अनुसन्धान कार्य सुरु गरिएको उहाँले बताउनुभयो । तिलौराकोटमा ‘भिजिटर सर्भे’ र अरू टोली आउने क्रम जारी रहेको अधिकृत कुँवरले बताउनुभयो । टोली आइसकेपछि कपिलवस्तु

जिल्लामा रहेका विभिन्न पुरातात्त्वक स्थलमा ‘जियोफिजिक्स सर्भे’लगायतका कार्य गर्ने योजना रहेको उहाँको भनाइ छ ।विगत वर्षहरूमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिरपछाडि, शिवगढ, कन्थक स्तूपलगायतको क्षेत्रमा उत्खनन भइसकेको लुम्बिनी विकास कोषका पुरातत्त्वक अधिकृत हिमाल उप्रेतीले बताउनुभयो  ।

प्रकाशित : १० फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६