कपिलवस्तु ११ फागुन । कपिलवस्तुको मा बि झन्डा मधौलीको प्रधानाध्यापक कृष्णा टण्डन र निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खनालको सेटिङमा गोप्य बैठकवसी नयाँ व्यवस्थापन समिति गठन गरिएको दावि गरिएपछि विद्यालयलमा भाडभैलो मच्चिएकोछ । खासगरी कांग्रेस निकटका मानिसालाई गोप्य रुपमा वोलाएर एकपक्षीय रुपमा गठन गरिएको व्यवस्थापन समितिको कारण एमाले माओवादी जनमोर्चा राप्रपा लगायतका दलमा आवद्ध अभिभाकहरु विद्यालयलाई दलको कार्यलय बनाइएको भन्दै शसक्त विरोधमा उत्रिएका छन् भने अर्काे तर्फ सेटिङवाट बनेको टीमवाट पूर्णता नपाउँदै राजीनामा दिने क्रम सुरु भएको छ ।
कतै गोप्य रुपमा बनाइएको समतिको अध्यक्षमा स्वम खनालनै रहेको वताइएको छ ।विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा सबै स्थानीय अभिभावक ,पूर्व सञ्चालक समितिका सदस्यहरु विद्यालय व्यवस्थापन समितीका पूर्व सदस्यहरु स्थानीय बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमी स्थानीय राजनीतिक दल तथा अन्य सरोकारवालाको बीचमा छलफल विना नै आफु अनुकूल व्यक्तिहरूको उपस्थिति गराई विद्यालय स्थापना समिति गठन प्रक्रिया अगाडि बढाएको हुँदा त्यसमा सामेल गरिएका सदस्यहरुले राजीनामा दिएका हुन् । विद्यालय व्यवस्थापन समिति जस्तो अति महत्वपूर्ण तथा संवेदनशील विषयलाई पनि हलका र हचुवाको तालमा अगाडि बढाउने कोशिस गरिएको ले श्री मा बि झन्डा मधौली कि प्रधानाध्यापक टण्डन तथा निवर्तमान अध्यक्ष खनालले अव एकातिर काुनी झमेला ब्यहोर्नु पर्ने भएको छ भने अर्कँेतर्फ राजनीति खिचातानीको कारण विद्यालयको पठक पाठन समेत अवरुद्ध हुने स्थिती रहेकोछ ।
निजी स्वार्थका कारण सेटिङमा विद्यालयलाई अगाडि वढाउन खेल्नुपर्ने महत्वपूर्ण भूमिकालाई अति सामान्य सम्झी एकलौटी गैरजिम्मेवारी पूर्ण ढंगबाट अगाडी बढेकाले यसक्षेत्रका क्रियाशील राजनीतिक दल अभिभावक र शुभचिन्तकको ध्यानाकर्षण भएको भन्दै यो कदमका विरुद्ध ४ दलका प्रतिनिधी बैठक वसी चरणवद्ध रुपमा विरोधमा उत्रिने निर्णय गरेको एमालेकी युवा नेतृ धनु अधिकारीले जानकारी दिनु भयो । नेकपा एमाले ,माओवादी केन्द्र ,राष्ट्रिय जनमोर्चा तथा राप्रपा नेपाल लगायतका दलको बैठक बसी कथित व्यवस्थापन समिति विघटन र ओरालो लागेको विधालय शैक्षिक गुणस्तर कायम गर्नका लागि सर्बपक्षीय छलफल गराई अघिबढ्ने माग राख्दै यस्ता समितीलाई कुनै पनि हालतमा मान्यता नदिन नगरपालिका र शिक्षा समन्वय इकाइमा ज्ञापन पत्र दिने निर्णय गरेका छन् । मावि झण्डा मधौली पूर्व प्रअ झबिलाल पोखेलको कार्यकालमा जिल्लाकै नमुना उत्कृष्ट र सफल विद्यालयको रुपमा दर्ज भई पुरस्कृत भएको थियो ।तर सो विद्यालय टण्डनको कार्यकालमा आउदा भ्रष्टाचार हिनामिना र एकदलिय स्वरुपको बन्न पुगेको छ ।
फोटो : फाइल तस्बीर
प्रतिक्रिया