खेलकुद

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै



काठमाडौं ११ फाल्गुन । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू(१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।
नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेप ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु(१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।
२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्ने मौका पाउने छन ।
त्यसका लागि यू(१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले म‌‌‌गलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६