प्रदेश

रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सकदेखि पानीसम्म अभाव



रुकुमपूर्व ११ फागुन । पाँच वर्षपहिला सुरु भएको रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सक, औषधि, शय्या ९बेड० र खानेपानीको समेत चरम अभाव छ। ५० शय्याको यस अस्पतालमा न त शय्याको मात्रा पूरा भएको छ, न औषधि नै पाइन्छ।
यही कारण विकट गाउँबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीहरू निजी संस्थामा जान बाध्य छन्। सरकारी अस्पतालमै सामान्य खालको औषधि पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्। पुथाउत्तरगङ्गा गाउँपालिकाको पेल्माबाट उपचारका लागि आएकी सुनिता नेपालीले अस्पतालमा औषधि नपाइएपछि निजी मेडिकलमा जानुपरेको बताउनुभयो।
बच्चालाई निमोनिया भएकाले अक्सिजन लगाउनका लागि चाहिने पल्स अक्सिमिटर र नेबुलाइजर मास्कसमेत नहुँदा निजी मेडिकलबाट किन्नुपरेको उहाँले गुनासो गर्नुभयो। उहाँ तीन दिन हिँडेर जिल्ला अस्पताल आउनुभएको हो।
निजी अस्पतालको उपचार महँगो भएकाले आफूजस्ता आर्थिक अवस्था कमजोर भएकाका लागि उपचार नै गर्न नपाई मर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। सिस्ने गाउँपालिका–५ मा रहेको अस्पतालमा दैनिक ६० देखि ७० जना बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ। अस्पतालमा जाँच गराएर कागजपत्र हातमा थमाइदिएपछि औषधि किन्न निजी मेडिकलमा जानुपर्ने बाध्यता विगतदेखि नै रहेको स्थानीयको गुनासो छ।
अस्पतालका चिकित्सक पूर्णबहादुर पुनले अस्पतालमा लामो समयदेखि औषधि अभाव देखिएको बताउनुभयो। सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि यस अस्पतालमा मुस्किलले ४०र४२ प्रकारको मात्र रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै भौतिक संरचना अभावले अहिले १२ बेड मात्र सञ्चालनमा रहेका छन्। ११ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल एक जना चिकित्सक मात्र अस्पतालमा उपलब्ध हुनुहुन्छ। छ जना मेडिकल अधिकृतको दरबन्दीमा एक जना, छात्रवृत्ति करार र एनएसआईबाट दुईरदुई जना मेडिकल अधिकृत हुनुहुन्छ। दरबन्दीअनुसारको कर्मचारी, भौतिक संरचना, औषधिको अपर्याप्तताले सेवा प्रवाहमा समस्या हुँदा सेवाग्राहीबाट पटकपटक आलोचित हुनुपरेको डा। पुनले गुनासो गर्नुभयो।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६