ब्रेकिंग न्युज

तेह्रथुममा आगलागीबाट १४ घर जेलेर नष्ट



तेह्रथुम — तेह्रथुम–आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परी मानवीय क्षति भने भएको छैन ।सो क्षेत्रमा शुक्रबार बेलुका ७ बजेसम्म पनि भीषण आगलागी भइरहेको छ । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णु प्रसाद पिठाकोटेले जानकारी दिए ।९ वटा घरमा मानिस बसोवास गर्ने गरेको र बाँकी ५ घरमा भने मानिस अन्यत्र बसाई सरिसकेर खाली रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार अपराह्न गाउँको पुछारमा रहेको फक्चुवा खोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । सो आगो हात्तीखर्क गाउँको बस्तीमा पसेर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अहिलेसम्म फुसका छाना भएका १४ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने कार्यमा प्रहरी र स्थानीय बासिन्दा गरी ८० जना भन्दा बढी खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाअध्यक्ष कृष्ण बास्कोटाले बताए । घटनास्थलमा दमकल जान सक्ने अवस्था छैन । पानी समेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।आगलागी क्षेत्रमा तीव्र बेगले हावा चलेकाले आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको वडाध्यक्ष बास्कोटाले बताए । जंगलको बीचमा बस्ती रहेकाले अन्य घरहरुमा पनि आगो सल्किने सम्भावना रहेको बास्कोटोको भनाइ छ ।

आगो नियन्त्रणमा खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयले थप घरहरुमा आगो सल्किन नदिन निरन्तर प्रयास गरिरहेका छन् । तर पनि आगो नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ । सबै जना आगो निभाउने कार्यमा खटिकाले आगलागी पीडितको विवरण लिन केही समय लाग्ने असई पिठाकोटेले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६