कपिलवस्तु १२ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थिले पिपरा अस्पतालाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने बताउनु भएको छ । यसै गरि शिवराजमा प्रदेश स्तरको सरुवा रोग अस्पताल पनि छिट्टै निमार्ण गर्ने बताउनु भएको छ । साथै मन्त्री पन्थीले कपिलवस्तुको सामुदायिक अस्पतालको स्तर वृद्धि गर्ने समेत प्रष्ट्याउनु भयो । बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समुह बाणगंगा १ उप्टहवा कपिलवस्तुको आयोजनामा शुक्रवार वनभोज तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पन्थीले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा मन्त्री पन्थीलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो । । संस्थाका सल्लाहकार द्रोण सुबेदीले मन्त्री पन्थीले राम्रो काम गर्ने जनतामा आशा पलाएको बताउनु भयो । संस्थाका अध्यक्ष राजेन्द्रविक्रम शाहले मन्त्री पन्थीलाई बधाई दिदै स्वास्थ्य र सरसफाईको क्षेत्रको विकासका लागि उपयुक्त वजेट विनियोजन गर्नु पर्ने जनाउनु भयो । संस्थाका सचिव कृष्ण शाहिको सञ्चालनमा कार्यक्रम भएको कार्यक्रममा संस्थाका सल्लाहकारहरु , सदस्य लगायतको सक्रिय सहभागिता रहेको थियो ।
१२ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया