पार्वती पाण्डे
कपिलवस्तु १३ फागुन । नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण र विस्तारका लागि आज कपिलवस्तुका बाणगंगा ,यशोधरा र सुद्धोधन पालिकामा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन् । आज एकैदिन भएका कार्यक्रम अनुसार वाणगंगामा वोल्दै एमालेका पोलिट ब्यूरो सदस्य दधिराम न्यौपानेले यो अभियान कार्यकर्ताको क्षमता अभिबृद्धि तथा नेताहरुको जनतासंगको खट्न सक्ने क्षमताको परीक्षा भएको वताउनु भयो । सोही अभियानमा बोल्दै एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले अव देशको नम्वर एक पार्टी बन्दै एक्लै वहुमत सीट जित्ने हैसियतमा पुग्न ग्रासरुट अभियान थालिएको वताउनु भयो ।
यस्तै एमालेका प्रदेश नेता वावुराम खनालले बोल्दै एमालेले हरेक जनताका घरमा पुगेर संगठन मजवुत पार्ने वताउनु भयो । एमालेका नगर अध्यक्ष यूवराज पोखरेलको अध्यक्षता र सचिव बिष्णु गिरीको संचालनमा भएको कार्यक्रममा एमालेका केन्द्रिय नेता भानु प्रकास श्रेष्ठ समेतले वोल्नु भएको थियो । यहि १७ गतेभित्र ११ वटै वडाका बैठक बस्नेगरी अभियानमा खटिएका जिल्ला तथा प्रदेश नेतालाई वडाको जिम्मेवारी प्रदान गरिएको छ ।
यता यशोधरा गाउपालिकामा भएको मिसन ग्रासरुट अभियानको पहिलो चरणको अभिमुखीकरण अन्तर्गत एमालेका केन्द्रिय सदस्य एवम संघिय सांसद मेनका पोखरेलले एमाले भारतको सिमा आसपासका पालिकामा समेत अव शशक्त संगठनका साथ खडा हुने वताउनु भयो । सो कार्यक्रममा वोल्दै एमालेका प्रदेश नेता एवम सांसद मधुसुदन शरण चौधरीले एमालेलाई सत्ता भन्दा जनता प्यारो हुने वताउनु भयो ।
नेता भगवानदास चौधरीले मधेसको मुक्ति एमालेवाट मात्रसंभव हुने स्पष्ट पार्नु भयो । एमालेका जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेले फागुन १३ देखि २० सम्मको एक हप्ते पहिलो चरणको अभियानको खाका पेशगर्दै ८ वटै वडामा अभिमुखीकरण गर्दै २० गते पालिका स्तरीय प्रशिक्षण सिविर चलाउने वताउनु भयो ।यसोधरा गाउपालिका अध्यक्ष हरम सरिफको अध्यक्षता र सचिव राजेन्द्र कुमार मौर्यको संचालनमा भएको कार्यक्रममा एमालेका जिल्ला नेता कैलाश अग्रहरी उमानाथ पौडेल लगायतले बोल्नु भएको थियो ।
यसै गरी शुद्धोधन गाउपालिकामा भएको अभिमुखीकरणमा बोल्दै एमालेकी केन्द्रिय नेतृ मेनका पोखरेलले २ महिनामा एमालेको संगठन शशक्त पार्ने वताउनु भयो । अध्यक्ष राम विलास चौधरीको अध्यक्षता र विनोद कुमार चौध्रीको संचालनमा भएको कार्यक्रममा एमालेका केन्द्रिय नेता दान वहादुर चौधरी ,प्रदेश नेता द्रोणराज सुबेदी धर्म भटराई ,शारदा शर्मा जिल्ला नेता बजरंगी प्रसाद चौधरी लगायत वोल्नु भएको थियो । १७ फागुन सम्म अभियान वडातहमा पुराउने सुद्धोधनले तय गरेको छ ।
१३ फाल्गुन २०७९, शनिबार
प्रतिक्रिया