अर्थ-वाणिज्य

देशकै पहिलो काम : उपमहानगरको आफ्नै पेट्रोल पम्प




दाङ, १३ फागुन ।दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ ।करिब दुई करोड लागतमा उक्त पेट्रोल पम्प सञ्चालनमा आएको हो ।

सञ्चालक रामप्रसाद चालिसेका अनुसार गाडीमा तेल भर्नका लागि पेट्रोल र डिजेलका ६ वटा डिजिटल पम्प, घामपानी ओत्नका लागि ट्रस्ट, आवास भवन, आठ शौचालय, तीन युरिन, पर्खालसमेत गरेर दुई करोड बढी खर्च लागेको छ ।शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । बसपार्कमा पेट्रोल पम्प नहुँदा बाहिर गएर इन्धन राख्नुपर्ने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो

प्रकाशित : १३ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६