कपिलवस्तु, १३ फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर देखि जगदिशपुर ताल सम्म टिभिएसको एओजि राइड गरिएको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्सको आयोजना तथा कपिलवस्तु क्षेत्रका लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको संयोजनमा एओजि राइड गरिएको हो । जिल्लामा बढ्दै गरेको टिभिएसको बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको जगदम्बाका रिजनल सेल्स अफिसर ईश्वरि पौडेलले जानकारी दिए ।
जितपुरमा टिभिएसको आधिकारिक बिक्रेताको रुपमा काम गरेको ६ बर्षको दौरानमा यश किसिमको राईड संचालन गराउन पाउँदा आफुहरु खुशि रहेको टिभिएसका संचालक तथा कपिलवस्तु उद्योग बाणिज्य संघ महासचिव मनोज पौडेलले जानकारी दिए ।उनका अनुसार एओजि राईड अपाचे बाईक राईडरहरुको कम्युनिटि बिल्डिङ्ग गर्नको लागि भनेर तयार गरिएको संस्था हो । यसमा अपाचेका राईडरहरु मात्रै समावेश हुन पाउँने उनले बताए ।
लुम्बिनी क्षेत्रका एओजि मार्सल आयुस नेपालको नेतृत्वमा जितपुर देखि जगदिशपुर ताल सम्म सौहार्दपुर्ण वातावरणमा एओजि राईड सम्पन्न भएको छ । शनिवार सम्पन्न पहिलो राईड बाट हौसिएका राईडरहरुले नाईट राईडको लागि आग्रह गरेका थिए ।
हाल नेपाली बजारमा अपाचेको ५ वटा सिरिज बिक्रि भई रहेका छन भने १६० सिसि सेगमेन्टकै पहिलो मोड भएको बाईकमा अपाचे बिएस ६ पर्दछ । हाल मात्रै एओजिको अन्तरास्ट्रिय मार्कि राईड नेपाल देखि भारतको गोवा सम्म नौ जना राईडर सहितको टिम ६ हजार ५ सय किमि यात्रामा रहेको छ ।








प्रतिक्रिया