कपिलवस्तु १४ फागुन ।प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धको सरक्षणमा स्थानीय सरकार तथा सबै सरोकारवालाहरु लाग्नुपर्ने एक कार्यक्रमका बक्तले बताएका छन् । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियन र पंन्छी सरक्षण संघको आयोजनामा वाणगंगामा आयोजित अन्र्तरक्रिया काय्रक्रममा उक्त धारण आएको हो । कार्यक्रममा वोल्दै वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले वाणगंगा क्षेत्रमा रहेका राजापानी र अन्य सामुदायिक क्षेत्रमा रहेका गिद्धहरुको सरक्षंण गर्नको लागि नगरपालिकाले योजना बनाएर काम गर्ने बताए ।
त्यसको लागि प्राविधिक र वनहरुसंगको सहकार्यमा काम अगाडी बढाउने बताए । त्यस्तै एसोसियसनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले गिद्ध लगायत अन्य चराहरुको संरक्षणको लागि स्थानीय तह ,प्रदेश र संघले समन्वयात्क रुपमा सहकार्य गरि संरक्षणका कार्य गर्नुपर्ने बताए । कार्यक्रममा पछिं सरक्षण संघका भुपाल नेपाली र डा.सजिव पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेभ्लाका जिल्ला अध्यक्ष परमेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेभ्लाका पुर्व केन्द्रिय अध्यक्ष लोकराज भुषाल,पुर्व जिल्ला अध्यक्ष खिम बहादुर टण्डन, लगायतले धाराण राखेका थिए ।
पशुमा प्रयोग गरिने डाइकलोफेनिक सोडियमको औषधीले गर्दा उक्त पशुहरु मरेर सिनो खादा गिद्धहरुको मृगौला खरावीको कारण धेरै गिद्धहरु नेपालमा लोप भएका प्राविधीकहरुले बताएका छन। उक्त औषधी नेपालमा बन्द गरिएपनि भारतको सिमाना वाट अवैध रुपमा आएर प्रयोग हुन सक्ने बताइएको छ । सन् १९८० मा नेपालमा करिव १५ लाखको हाराहारीमा रहेका गिद्धहरु हाल २० हजारको हाराहारिमा रहेको तथ्याकंले देखाएको छ ।
नेपालमा ९ प्रजातीका गिद्धहरु रहेका छन् । अैषधीको प्रयोग, वासस्थानको लोप र खानामा समस्या भएको कारण वर्षैनी गिद्धहरु लोप भैरहेका छन् । सोही अवसरमा नेभ्लाको कार्यालय भवन बनाउनको लागि १० हजार अभियानको सुरुवात गरिएको छ कपिलवस्तु वाट परमेश्वर यादव सहीत ७ जनाले गरि ७० हजार रकम संकलन गरिएको नेभ्लाले जनाएको छ ।
१४ फाल्गुन २०७९, आइतबार
प्रतिक्रिया