पशुपति गिरी
कपिलवस्तु, फागुन १४
विकास निर्माणको कार्यमा नगरपालिकामै उत्कृष्ट हुंदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। ७ ले १७०० कृषकहरुलाई एक घर एक हजारी वितरण गरेको छ । प्रत्येक वडाबासीले अनिवार्य करेसाबारी बनाउनु पर्ने वडाको निति अनुसार सिचाईमा सुविधा पुर्याउने उद्ेश्यले गर्तबर्ष ९ सय बढी कृषकहरुलाई एक÷एक वटा हजारी र विभिन्न प्रकारका विउ वितरण गरेको वडाले यस बर्ष पनि ८ सय कृषकहरुलाई एक÷एक वटा हजारी वितरण गरेको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो । भौतिक विकासले मात्र वडा तथा नगर समेत समृद्ध नहुने भन्दै पहिलो बर्ष देखिनै लक्ष्ति बर्गका कार्यहरुलाई विशेष प्राथमिकता दिदै आएको वडा नं. ७ ले उदारणिय काम १ किसान १ करेसावारी १ हजारी कार्यक्रम सम्पन्न गरेको छ ।

चालु आर्थिक बर्ष २०७९/८०को बजेट मध्येबाट वडाका ८ सय बढी कृषकहरुलाई एक÷एक वटा हजारी तथा विउ वितरण गर्दै वडाध्यक्ष गिरीले देशको आर्थिक समृद्धिको मेरुदण्ड नै कृषि रहेको बताउनुभयो । उहाँले वडा कृषिमा नै आत्मनिर्भर बनाउन हजारी र विउविजनहरु वितरण गरिएको उल्लेख गदै भौतिक विकास सँगै सम्रग पक्षको विकास गर्न सके वडा संगै नगर समृद्ध हुन सक्ने बताउनुभयो ।

वडा अध्यक्ष गिरिले स्वस्थ जिवन बनाउनका लागि आफैले उत्पादन गरेको अर्गानिक तरकारी खान किसानलाई आग्रह गदै सक्रिय रुपमा लागेका कृषकहरुलाई नगरपालिका तथा वडाको तर्फबाट विभिन्न किसिमका सहयोगहरु गर्दै आएको र गरिने उहाँले बताउनुभयो ।हजारी र विउ पाएसंगै वडाका कृषकहरुले खुसी व्यक्त गर्दै वडाध्यक्षलाई धन्यवाद दिएका छन् ।









प्रतिक्रिया