अर्थ-वाणिज्य

नेपाल शिक्षक संघ बाणगंगाको नेतृत्वमा भण्डारी




कपिलवस्तु १४ फागुन । नेपाल शिक्षक संघ नगर समिति बाणगंगाको अधिवेशनले रामप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । चौथो नगर प्रतिनिधि सभा तथा दोस्रो अधिवेशन अन्र्तगत शनिबार संघले नयाँ कार्यसमिति चयन गरी समितिलाई पूर्णता दिएको हो ।नव गठित समितिको अध्यक्षमा यस अघि नगर सचिव रहेका भण्डारी अध्यक्ष बनेका हुन भने महिला उपाध्यक्षमा मीना चौधरी, उपाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने र झविन्द्र प्रसाद न्यौपाने, सचिवमा माधव घिमिरे चयन भएका छन भने अर्थ सचिवमा विनोद पुनलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै समितिको सह सचिवमा ज्ञानप्रसाद पाण्डे, विष्णु प्रसाद बेल्वासे, दर्पण भट्टराई, सह सचिव अर्थमा अजित शर्मा, सह सचिव महिलामा कृष्ण प्रसाद टण्डन, सह सचिव समावेशी पहिलो सविता वि।क र सह सचिव दोस्रोमा लक्ष्मी वि।क चयन भएको नेपाल शिक्षक संघले जनाएको छ ।यस्तै संघको वडा तर्फको संयोजक पनि चयन भएका छन् । जस अन्र्तगत वडा नम्बर १ मा नर्मदा ज्ञवाली, वडा नम्बर २ मा कृष्ण प्रसाद भट्टराई, वडा नम्बर ४ मा कमला बेल्वासे, वडा नम्बर ८ मा लक्ष्मण ज्ञवाली, वडा नम्बर ९ मा लालमणी अधिकारी, वडा नम्बर १० मा कला छन्त्याल, र वडा नम्बर ११ मा फणिन्द्रमणी भुषाल चयन भएका छन् । वडा गत समितिको सदयहरुमा डासुराम न्यौपाने, चुरामणी पौडेल लगाएत रहेका छन् ।शिक्षक संघको नगर अध्यक्षमा कुलराज पौडेलको नेतृत्वमा रहेको समितिले दोस्रो अधिवेशनको आह्वान गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६