अन्तर्राष्ट्रिय

मुख्यमन्त्री मनिष सिविआईद्वारा पक्राउ




काठमाडौँ १५ फागुन । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भारतको ‘सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन’ (सीबीआई) ले गिरफ्तार गरेको छ । दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालाका बारेमा सीबीआईले छानबिन गरिरहेको थियो ।आइतबार बिहान दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई सीबीआईले सोधपुछका लागि बोलाएको थियो । सीबीआईको कार्यालय पुग्नु अघि नै सिसोदियाले आफूलाई गिरफ्तार गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए ।दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीलाई ‘तानाशाही’ भनेको छ । उसले आइतबार ‘लोकतन्त्रका लागि कालो दिन’ भएको पनि उल्लेख गरेको छ ।बयानका लागि सीबीआई अफिस जानुअघि सिसोदियाले घरमै आमाको आशीर्वाद लिएका थिए । त्यसपछि उनी आफ्ना समर्थकहरूको साथ सीबीआई कार्यालय पुगेका थिए ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६